नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके–वर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेसहित दुई पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । आइतबार नेपालगञ्जबाट बर्दिया जाँदै गर्दा खजुराबाट गिरफ्तार गरेको हो । संगै रहेका केन्द्रीय कार्यालय सदस्य लोकेश जैसी र क्रान्तिकारी पत्रकार महासंघ बर्दिया अध्यक्ष आयुषलाई खजुराको धनौली प्रहरीले गिरफ्तार हो ।
बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीमा राखिएको छ । पक्राउको चौतर्फी विरोध भइरहेको छ । तीनै जनालाई ईलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेमा राखिएको छ।
क्रान्तिकारी माओवादीको बाँके–बर्दियाले शनिबार मात्र मोदी भ्रमणको विरोधमा नेपालगञ्जमा विरोध प्रदर्शन गरेको थियो र मोदीको पुत्ला दहन गरेको थियो ।