उपमेयर लामाको घरमा बम बिस्फाेट

उपमेयर लामाको घरमा बम बिस्फाेट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ बैशाख २०७५
  • 11.8K
    Shares

पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घरमा बम विस्फोट भएको छ ।

आज बिहान करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घरमा बम विस्फोट हुँदा सामान्य क्षति पुगेको बताइएको छ । स्थानीयले ठूलो आवाजमा बम विस्फोट भएको बताएका छन् भने प्रहरीले बमको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने अनुमान लगाएको छ ।

बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ । बम विस्फोट भएको स्थान पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं.१ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको घर समेत नजिक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार