नागरिकता नै नलिएका अग्रवाललाई प्रतिलिपी निकाल्न सिफारिश गर्ने सब इन्जिनियर देव पक्राउ, प्रशासकीय अधिकृत कोइरालासहितका कर्मचारीहरु फरार

नागरिकता नै नलिएका अग्रवाललाई प्रतिलिपी निकाल्न सिफारिश गर्ने सब इन्जिनियर देव पक्राउ, प्रशासकीय अधिकृत कोइरालासहितका कर्मचारीहरु फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ बैशाख २०७५
  • 8K
    Shares

नागरिकता नै नलिएका सुनसरीको दुहबी बस्दै आएका सतिष अग्रवाललाई प्रतिलिपी बनाउन सहयोग गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिकाका सब इन्जिनियर राजकुमार देवलाई पक्राउ गरेको छ । नागरिकताको प्रतिलिपी लिन बनाइएको सिफारिसमा देवको हस्ताक्षर देखिएको प्रहरीको भनाइ छ । यद्यपी नगरपालिकामा यसको रेकर्ड पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक ध्रुब श्रेष्ठका अनुसार ,अग्रवाललाई दुई पटक नागरिकताको प्रतिलिपी सप्तरीबाटै दिइएको छ । राजविराज नगरपालिका ७ को ठेगाना देखाएर अग्रवाललाई नागरिकताको प्रतिलिपी दिइएको छ । २०५२ सालमै अग्रवालले सप्तरी प्रशासन कार्यालयबाट नागरिकता लिएको देखाउँदै उनलाई २०६४ र २०७३ सालमा दुई पटक प्रतिलिपी दिइएको छ ।

अग्रवाललाई नागरिकताको प्रतिलिपी बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालयका प्रकाशकीय अधिकृत जनक कोइरालाले पनि सहयोग गरेका छन् । प्रहरी स्रोतका अनुसार कोइरालासहित अन्य केही कर्मचारीहरुको पनि यो कार्यमा संलग्नता रहेको छ ।

प्रशासकीय अधिकृत कोइरालासहितका कर्मचारीहरु सम्पर्कमा नआएको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार