मालपोत कार्यालय रुपन्देही मझगावाँका नायव सुब्बा हरिप्रसाद पौडेल ११ हजार घुस लिंदा लिंदै पक्राउ परेका छन् ।
जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनी प्रमाणपूर्जा दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नासु पौडेलसहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई पक्राउ गरेको हो ।
नासु पौडेलले लेखापढी व्यवसायी पाण्डेमार्फत ६,००० रुपैंया र सेवाग्राहीसंग ५,००० रुपैंयासमेत गरी ११ हजार घुस बापतको रकम लिंदालिंदै पक्राउ परेका हुन् । नायव सुब्बा पौडेल र लेखापढी व्यवसायी पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जनाएका छन्