भाटभटेनीमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

भाटभटेनीमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ चैत्र २०७४
  • 4.2K
    Shares

तेजेन्द्र के.सी.

बुटवल । बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको भीषण आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

बिहान ४ बजदेखि दन्किएको आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पांच ओटा दमकलले प्रयासले नियन्त्रामा आएको प्रहरीले जनाएको छ।

बुटवलमा दमकल अगाब भएकाले आगो नियन्त्रणमा समस्या देखिएको हो । बुटवल, भैरहवा, कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल आएपछि आगो निभाइएको छ ।

बिद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रखुम एसपी श्याम ज्ञवालीले बताए । उनले क्षतिको पूर्ण विवरण अझै नखुलेको बताए ।

आगलागीबाट विद्युतीय सामान रहेको पाचौँ तल्ला र त्यसका सबै संरचना नष्ट भएका छन् । भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट संचालनमा आएको हो ।  अहिले  आगोलागीको निरिक्षणको लागि बिभिन्न दलका नेताहरु घटनास्थालमा पुगेका छन् ।  नेपाली काँग्रेसको पुर्व महामन्त्री प्रकासमान सिंह तथा रुपन्देहीका नेताहरु अहिले पुगेका छन् ।

प्रतिक्रिया