सशस्त्र प्रहरीका जवान नै घुससहित समातिए !

सशस्त्र प्रहरीका जवान नै घुससहित समातिए !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ चैत्र २०७४
  • 7.3K
    Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुले भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको थियो ।

सोही आधारमा उनीहरुलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार