सरकारले अति विपन्न एवं असहायको स्वास्थ्ययोपचारमा न्युनतम २५ देखि शतप्रतिशतसम्म छुट दिने व्यवस्था ल्याए पनि लक्षित बर्ग टाढै राखी तोकेको छुट सुविधा पहुँचवाला वा टाठाबाठाले उपभोग गरिरहेको पाइएको छ ।
कोसी अञ्चल अस्पतालस्थित समाजिक सेवा एकाइको कार्यालयबाट यस्तो सुविधा पाउनेमा लक्षित बर्गका सेवाग्राही मुस्किलले १ प्रतिशत मात्र छन् ।
अरु सबै राजनीतिक, सरकारी सामाजिक रुपमा पहुँच भएकाहरु नै छन् ।
सरकारले असहया, अति गरिब, निमुखा, टुहुरा, लैंगिक हिंसाबाट पीडित र ज्येष्ठ नागरिकलाई स्वास्थ्योउपचारमा सहुलियत व्यवस्था गरेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।