मोदी गाउँपालिकामा हाते हलो खरिदमा भ्रस्टाचार : ५५ हजारमा पाइने हाते हलो ७० हजारमा खरिद

मोदी गाउँपालिकामा हाते हलो खरिदमा भ्रस्टाचार : ५५ हजारमा पाइने हाते हलो ७० हजारमा खरिद


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ चैत्र २०७४
  • 99.5K
    Shares

पर्वत जिल्लाको मोदी गाउँपालिकाले किसानहरुलाई वितरण गरेको  मिनि टेलर (हाते हलो) खरीदमा ठुलो रकम भ्रस्टाचार भएको छ l मोदी गाउँपालिकाले ५५ हजारमा पाइने मिनि टेलर (हाते हलो)लाई ७० हजारमा खरिद गरी वितरणगरेको भेटिएपछी ठुलो रकम भ्रस्टाचार भएको रहस्य खुलेको हो l ५५ हजारमा स्थानीय व्यापारीले हलो उपलब्ध गराउने बताएका छन् l

प्राप्त समाचार अनुसार, कृषिमा आधुनिकरणसँगै बढ्दो हाते हलो (पावर मिनिी टेलर)को मागसँगै २३ जना अगुवा कृषकहरुलाई हलो खरिद गरि विक्रि गरेको थियों । गाउँपालिकाले प्रति हाते हलो ७० हजार रुपिया खरीदको बिल बनाएर २३ जना अगुवा किसानहरुलाई एसकेटी कम्पनीको मिनि टेलर वितरण गरेको थियो l
मोदी गाउँपालिका कृषि सेवा केन्द्रकी प्रमुख सारदा आचार्यले गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ सहितको टोलीले ल्याएको बताइन । उनले आफूलाइ हलोको मुल्य ७० हजार परेको जानकारी भएको र कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताइन । हलो डिजेलबाट चल्ने उनले बताइन् । मुल्यमा भएको फरकपनको बारेमा आफूलाइ कुनै जानकारी नभएको बताइन ।
हामीले ५५ हजारमा दिनसक्छौ ः स्थानीय व्यापारी
स्थानीय व्यापारीहरुले ५५ हजारमा मिनि पावर टेलर उपलब्ध गराउन सक्ने बताएका छन् । पावर मिनि टेलरको मुल्य पनि फरक छ । डिजेलवालालाई ५५ र पेट्रोलवालालाई ४५ हजारमा हामीले उपलब्ध गराउन सक्छौ । नाम नखुलाउने सर्तमा एक व्यापारीले भने । कम्पनीको बारेमा भने खुलाएका छैनन ।
मोदी गाउँपालिकाका कार्यकारी र अध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । कार्यकारीलाई बारम्बार फोन गर्दा उनले फोन काटेका छन् ।

प्रतिक्रिया