अधुरो क्रान्ति पुरा गर्ने जिम्मेवारी युवा, विद्यार्थीको : रुपेश

अधुरो क्रान्ति पुरा गर्ने जिम्मेवारी युवा, विद्यार्थीको : रुपेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ फाल्गुन २०७४
  • 14.7K
    Shares

नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी रुपेशले नेपालमा अधुरो अवस्थामा रहेको क्रान्तिलाई सम्पन्न गर्ने जिम्मेवारी युवा र विद्यार्थीको काँधमा आएको बताएका छन् । २३ औं जनयुद्धका अवसरमा अखिल क्रान्तिकारी जिल्ला समिति कास्कीले पोखराको मझेरीपाटनमा रहेको शहीदस्मृति स्मृति आवासीय माविमा सञ्चालन गरेको “जनयुद्ध र आजको सन्दर्भ” विषयक खुल्ला वक्तृवकला प्रतियोगिताका बिजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै सेक्रेटरी रुपेशले यस्तो कुरा बताएका हुन् । उनले गरीब, किसान, मजदूर, सुकुम्बासी लगायत सर्वहारावर्गको अधिनायकत्व हुने गरी राज्यसत्ता प्राप्त नभएसम्म क्रान्ति जारी रहने प्रतिवद्धता व्यक्त गरे । उनले सर्वहारावर्गको राज्यसत्ता प्राप्तिका लागि आवश्यक परे वलिदानी दिन तयार रहन पनि युवा र विद्यार्थीहरुलाई आव्हान गरे ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो सदस्य  मिलन राईले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भनिएपनि सरकारले देशी तथा विदेशी दलाल र माफियाहरुको चंगुलमा परेर माध्यमिक शिक्षालाई निःशुल्क गर्न नसकेको आरोप लगाए । उनले शैक्षिक क्षेत्रलाई व्यापारीकरण गर्ने र अस्तव्यस्तत पार्ने शैक्षिक माफिया र दलालहरुलाई जनकारवाही गर्ने उद्घोष गरे ।
१० जना प्रतिष्पर्धीहरु रहेको उक्त प्रतियोगितामा तेजविक्रम ओली क. अजय प्रथम, दीपेन्द्रजंग शाही द्वितीय, तृतीय दिनेश पुन मगर र प्रविन गुरुङले सान्त्वना हासिल गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डल अखिल नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय महासचिव हिमलाल पराजुलीको संयोजकत्वमा रहेको थियो । अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिका अध्यक्ष काजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वेपत्ता योद्धा पुर्ण पौडेलकी आमा मोतीमाया पौडेल, नेकपा गण्डक ब्युरो सदस्यद्वय उभार र गोकुल पराजुली, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं धवलागिरी ब्यूरो ईञ्चार्ज आश तमु, लगायत उपस्थित रहेको थियोे ।
अखिल (क्रान्तिकारी) कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम सञ्चालन जिल्ला सचीव आस्था नेपालीले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार