नेपालमा पश्चिमा साम्राज्यवादको डरलाग्दो हस्तक्षेप: अर्जुन ज्ञवाली

नेपालमा पश्चिमा साम्राज्यवादको डरलाग्दो हस्तक्षेप: अर्जुन ज्ञवाली


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३२ साउन २०७३
  • 15K
    Shares

फलामले फलाम काट्छ भनेजस्तै नेपालको वाम, राष्ट्रवादी र देशभक्त धारा समाप्त गर्न पश्चिमा साम्राज्यवादले एनजीओ, सेना र नेपालको गुप्तचर विभागको संयन्त्र जोड्दै राष्ट्वादी र वाम आवरणमै समाप्त गर्न विभिन्न हर्कतहरु गरेको प्रष्ट देखिएको छ ।

उदाउँदो चीनका कारण पश्चिमा साम्राज्यवाद नेपालमा केन्द्रीत छ । जुन समयमा भारतमा भारतीय कम्युनिस्ट पार्टी (भाकपा)को नेतृत्वमा तेलंगना विद्रोह उठेको थियो । जसले ३ हजार गाउँ कब्जा गरेको थियो । त्यो समयमा साम्राज्यवादीहरु ब्युँझिए ।

त्यही समय नेपालमा (वि.सं. २०१८) मा अमेरिकी गैर सरकारी संस्था पिसकोर भित्रियो । भारतमा फोर्ड फाउण्डेशन, गान्धी शान्ति प्रतिष्ठान, पिसकोर गठवन्धन साथ सक्रिय रहे । (स्रोत गैरसरकारी संगठनको वास्तविक मिसन ः प्रा. भुपेन्द्रकुमार सिंह, दायित्ववोध जुलाई डिसेम्बर १९९८ नयाँ दिल्ली) ।

गान्धी प्रतिष्ठानमा रहेर गान्धीवादी भन्ने जयप्रकाश नारायण, नेपालमा डा. डिल्लीरमण रेग्मी, वीपी कोइरालाले सन् १९६४ मा नागाल्याण्ड पिस मिसन चलाए । जसको माध्यमबाट सिआइएले अप्रेशन ब्रम्हपुत्र चलायो ।

नेपालमा चीनविरुद्ध खम्पाविद्रोह चलाएपछि राजा वीरेन्द्रले त्यसलाई किनारा लगाइदिएपछि सिआइएले सेना र गुप्चर विभागमै प्रभाव विस्तार गरेर जातिवादी संगठन चलायो । (अर्फान्स अफ द कोल्ड वार, जोन केनथ, न्याउस सिआइएका पूर्व अधिकारी) ।

ठुला पश्चिमा आईएनजीओ

एफईएस (जर्मन) देवराज दाहाल र चन्द्रदेव महद्धारा संञ्चालित जसमा टे«ड यूनियन कांग्रेसका खिलानाथ दाहाल, प्रजातन्त्र सम्वर्दन केन्द्रका डा. यज्ञ अधिकारी, डा. जगदीशचन्द्र पोखरेल नेपाली कांग्रेस प्रशिक्षण विभागका संयोजक रामचन्द्र पौडेल, कूमार रेग्मी, लालवावु यादव, प्रदीप गिरी, जोडिएका छन् ।

यो संस्थाले जर्मन गुप्तचर संस्थामार्फत सिआइएको लागि काम गर्दछ । मधेश फाउण्डेशन जसमा डीएफआइडीमार्फत बेलायत र अमेरिकाका लागि गुप्तचरी गरिन्छ । जसमा सिकेलाल, कृष्ण हाथेछु, कृष्ण खनाल, राजेन्द्र महर्जन, युग पाठक, खगेन्द्र संग्रौला, डा. लोकमान बराल र विश्वभक्त दुलाल आहुतिजस्ता बौद्धिक आवरणका व्यक्ति जोडिएका छन् भने कान्तिपुर दैनिकले उनीहरुको विचार सम्प्रेषण जिम्मा लिएको छ ।

यहाँसम्म कि ऐपेक नामक संस्थामार्फत चिनियाँ आवरणमा (ईसाइ) को लुम्बिनी कब्जा गर्ने गुरुयोजना असफल भएपछि राष्ट्रसंघीय महासचिब वान कि मुन अन्तर धार्मिक परिषद (अमेरिका) जसमा पाश्चर डा. केवी रोकाया, दामोदर गौतम (पूर्व अध्यक्ष विश्व हिन्दु महासंघ) लगायत मुस्लिम, वौद्ध आवरणमा सिआइएलाई सुचना सम्प्रेशण गर्दछन् ।

रोजा लक्जेम्वर्ग फाउण्डेशन जर्मनी, जहाँ चैतन्य मिश्र, घनश्याम भूसाल, योगेश भट्टाराई लगायतका वामपन्थीहरु रहेका छन् । त्यसै गरी केरिटास क्याथोलिक (यूरोपियन यूनियन), डेनिका (डेनमार्क) सिडा (क्यानडा) वाम इन्टरनेशनल (फ्रान्स), एक्सन एड (बेलायत) लगायतका दर्जनौ गैर सरकारी संस्था छन् ।

जहाँ एमालेले संञ्जाल विस्तार गरिरहेको छ । एमालेभित्र प्रदीप नेपालले भित्री रुपमा एनजीओको नेतृत्व गरिरहेका छन् ।

यता राष्ट्रिय अनुसन्धान विभागका पूर्व अधिकृत डा. ऋषिराज बराल त्यही संस्थाभित्र रहेका गोपाल किराती, ठुलो पंक्ति माअ‍ोवादी आन्दोलनसँग जोडिएका छन् । यी सबलाई पूर्व अञ्चलाधिस सूर्यबहादुर सेनले नियुक्ति दिएको बताइन्छ ।

अर्को यता सिआइएको सुचना केन्द्र कार्टर सेन्टरसँग जोडिएको नयाँ पत्रिका दैनिक लगायतका कतिपय अनलाइनहरुले पश्चिमा विचार सम्प्रेशण गरिरहेका छन् ।

पुरुषोत्तम बस्नेत, प्रो.डा. गोपाल सिवाकोटीजस्ता मान्छेहरु अवस्थामा साम्राजयवादी संञ्चार, पूराना वुद्धिजीवि, राष्ट्रिय अनुसन्धान, नागरिक समाज र कथित पत्रकारविरुद्ध पनि संघर्ष त्यतिकै आवश्यकता रहेको छ ।

बार एशोसियसन र पश्चिमा लगानी ः

कानुनविदको छाता संगठन बारमा पश्चिमा आइएनजीओको लगानी व्यापक छ । जसबाट सर्वोच्च अदालत समेत प्रभावित छ । अहिले अदालतले पश्चिमा साम्राज्यवादी हित रक्षार्थ अभियान नै चलाएको प्रचण्डको पूनरागमनसँगै चीनले बनाउन लागेको कोेटेश्वर कलंकी सडक खण्ड रोक्ने फैसला गरेको छ ।

त्यसैगरी सांस्कृतिक आस्थाको गढीमाई बली रोक्ने किसिमको अर्काे फैसला गरेको छ । सिआइएका बदनाम एजेन्ट कनकमणि दीक्षितको अख्तियारको निर्णय उल्ट्याउने फैसला हरिकृष्ण कार्कीले गरेका छन् । उनी वारका पूर्वअध्यक्ष छन् । बालकृष्ण ढुंगेल प्रकरण त एउटा उदाहरण मात्र हो । अदालत कतै पश्चिमा साम्राज्यवादको रक्षार्थ एनजीओको अखडा बन्ने त होइन भन्ने चिन्ताको विषय बनेको छ ।

यसरी संञ्चार, बुद्धिजीवि, बार र अदालत अहिले पश्चिमी (क्रिश्चियन) सामज्यवादको विना हतियारका नेटोको सेना बनिरहेका छन । सम्पूर्ण देशभक्त, वाम, प्रजातान्त्रिक सबैले साम्राज्यवादी हर्कत विरुद्ध भण्डाफोर अभियान चलाउन जरुरी छ ।

प्रतिक्रिया