विद्यार्थी आन्दोलन भनेको प्रतिपक्ष आन्दोलन हो भन्ने भनाई छ । हिजो पञ्चायत ब्यवस्था देखि आज सम्म आउँदा पनि नेपाली विद्यार्थीहरु सामान्तवादी र पूँजीपति शिक्षाको सट्टा जनवादी शिक्षा दिइयोस् भन्ने माग सहित आन्दोलनमा छन् । जनवादी शिक्षाको माग र संङघर्ष आज पनि जारी छ । नेपालको शिक्षा जनवादी शिक्षा हुन सकेको छैन र आन्दोलन पनि रोकिएको छैन ।
नेपाली विद्यार्थीहरुले जनवादी शिक्षा चाहन्छन् तर देश भ्रष्ट र दलालहरुको हातमा भएका कारण आम नेपाली यूवा विद्यार्थीले जनवादी शिक्षा पाउन सकेका छैनन् । फेरि पछिल्लो समयमा हेर्ने हो भने नेपालको विद्यार्थी आन्दोलन अलि सेलाएको जस्तो पनि पाइन्छ । हिजो ०६२/०६३ को जन आन्दोलनको समिक्षा गर्ने हो भने विद्यार्थीहरु खरो रुपमा आन्दोलन गर्दै सडकमा उत्रिने गर्दथे तर आज त्यो अवस्था भने छैन । विद्यार्थी आन्दोलन शैक्षिक क्षेत्रका लागीमात्र नभई समस्त खराब गतिविधी तथा तत्वहरुका लागी पनि एक औजार हो । विद्यार्थी आन्दोलन हरेक राजनितिक परिवर्तनको लागी पनि एउटा संवाहक हो ।
जुन जनवादी शिक्षाको माग विद्यार्थीहरुले बोकेका छन् त्यो माग पुरा गर्नको लागी सम्पूर्ण शिक्षा क्षेत्रमा देखिएका गतिरोधहरु लाई र्चिदै त्यसमा भएका अन्यौलताहरुलाई पन्छ्याउदै शिक्षा क्षेत्रलाई व्यवहारीक र जनवादी बनाउनलाई सशक्त क्रान्तिको आवश्यकता हुन्छ । जसलाई एकीकृत जनक्रान्तिको मार्ग टेकेर आगाडी बढ्न सकियो भने आन्दोलनले नयाँ रुप लिन्छ । नेपाली समाज विकासको सन्र्दभमा अनिवार्य बनेर आउने क्रान्तिमा विद्यार्थीको योगदान र भूमिका विश्व इतिहासबाट पनि बुझ्न सकिन्छ । जस कारण देशमा जनवादी शिक्षा ल्याउन विद्यार्थीहरुकै हातमा रहेको तथ्य लिन सकिन्छ ।
देशको विभिन्न राजनितिक घटना क्रमले उत्त देशको शिक्षामा पनि असर गरिरहेको हुन्छ । जसकारण देशको राज्य व्यवस्था दलाल छ भने साथै शिक्षा क्षेत्रमा चरम माफियाकरण हुन्छ भने शिक्षामा प्रगति हुन सक्दैन । विद्यार्थीको भविष्य उज्ज्वल हुदैन । यस्तो अवस्थामा दलाल राज्य र माफियाकरणको विरुद्ध विद्यार्थीहरु सशक्त रुपमा परिवर्तनको खातिर आन्दोलित हुन आवश्यक रहन्छ । नेपालको सन्र्दभमा हेर्ने हो भने यँहाको राज्य व्यवस्था दलाल प्रवृत्तिको छ । जसका कारण निम्न आय र सर्वहराहरुले शिक्षा लिन नसक्ने स्थितीमा छन् भने शिक्षा गुणस्तरीय छैन । त्यसैले नेपाली विद्यार्थीहरु लाई यो व्यवस्थाले धोका दिइसकेको छ । देशका विद्यार्थीहरु एकीकृत भइ शिक्षा क्षेत्रमा भएका नकरात्मत्तालाइ हटाउन र माफियाकरणलाइ र्निमूल गर्न शिक्षा क्षेत्रमा नयाँ आयाम सहित आन्दोलनमा होमिन जरुरत छ ।