रोल्पा सुकिदहका वडाअध्यक्ष फरार :जग्गा कारोबारमा मुछिएको स्थानीयको आरोप

रोल्पा सुकिदहका वडाअध्यक्ष फरार :जग्गा कारोबारमा मुछिएको स्थानीयको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ पुष २०७४
  • 27.5K
    Shares

रोल्पा, ६ पुस । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्क बिहिन भएका छन । केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन ।

गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए । उनी सम्पर्क बिहिन भएपछि, सेवाग्राही भने मर्कामा परेका छन । दमाई बेपत्ता भएपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरे । वडा कार्यालयबाट दिने सेवासुबिधामा, उनको हस्ताक्षर र कार्यालयमा ताला लागेपछि सिफरिस लिन आएका वडाबासीहरु केहि दिन देखि कार्यायल परिसर आउने र फर्कने काम भैरहेको कार्यालय श्रोतले बतायो ।

उनको प्रस्ताबमा सुकिदह गाउँपालिको केन्द्र परिवर्तन गरि आफ्नै घर नजिक सारेपछि उनी हाल सम्म सम्पर्कमा नभएको स्थानीयहरुको आरोप छ ।

 

सुकिदहका जनप्रतिनिधिहरु, गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती, वडाअध्यक्ष राम बहादुर वली, भुपाल दमाई मिलेर, जग्गाको ब्यापार गर्नका लागि केन्द्र परिवर्तन गरेको सुखाओढारका एक स्थानीयले बताए । “वडाअध्यक्ष कहाँ हुनुुहन्छ भन्ने हामीलाई थाहा छैन । यहाँ आएर वडाबासीले हाम्रो हैरान बनाए” कार्यालयका एक कर्माचारीले भने ।

स्रोतका अनुसार केन्द्र सार्ने निर्णय गर्नु भन्दा अगाडि नै सुकिदह दुई नम्बर वडाको वडा अध्यक्ष भुपाल परियारले सान डाँडाका मोहन सिङ घर्तिको जग्गा रु ७५ हजारमा खरिद गरि आफ्नो नाममासारी, हाल रु. आठ लाखको मासा हाली सुकिदह गाउँपालिकालाई बिक्रि गरेको खुल्न आएको छ ।

उक्त सानडाँडा भन्ने ठाउमा सुकिदह गाउँपालिकाको केन्द्र बनाइ करोडौं कमाउने दाउमा रहेका भुपालसंग प्रमुख बिर बहादुर, उप प्रमुख रिता घर्ति, वडाअध्यक्ष राम बहादुर वलीको व्यापारिक मिलेमतो रहेको स्रोतको दावी छ ।

बिस्तृत जानकारी आउन अझै बाँकी छ ….. खबर फलोअपमा रहनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार