वीरगञ्जमा ग्यास प्लान्टमा आगलागी, दुईजनाको मृत्यु, आगो नियन्त्रण बाहिर

वीरगञ्जमा ग्यास प्लान्टमा आगलागी, दुईजनाको मृत्यु, आगो नियन्त्रण बाहिर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ पुष २०७४
  • 5.9K
    Shares

वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्याँस उद्योगमा भीषण आगलागी भईरहेको छ । आगलागी बिहान सवा ६ बजेतिर शुरु भएको थियो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाईते भएका छन् । उद्योगभित्र कति मानिस थिए भन्ने खुलेको छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । विद्युत सट भएर आगलागी भएको हुनसक्ने बताईएको छ । आगलागी भएको स्थान वरिपरीका बस्तीलाई खाली गरिएको छ । ग्याँसका स–साना ट्याङ्कर पड्किएका छन् ।

आगो नियन्त्रण बाहिर रहेको छ । आगो निणन्त्रणको प्रयास भईरहेको छ । तर ग्याँस सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो निभाउन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार