वैदेशिक रोजगारका निलम्बित महानिर्देशकबिरुद्ध मुद्दा दायर, १० लाख बिगो दाबी

वैदेशिक रोजगारका निलम्बित महानिर्देशकबिरुद्ध मुद्दा दायर, १० लाख बिगो दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ पुष २०७४
  • 7.6K
    Shares

४ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसहित ३ जनाविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलवार पाण्डेसहित विभागका शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीविरुद्ध बिगो दाबीसहित जरीवाना र कैद मागदाबी गरी अदालतमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट घूस लिएको पाइएपछि गत २८ कात्तिकमा आयोगको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।

एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई एक महिनाअघि आयोगले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेसँगै अख्तियारले तत्कालिन महानिर्देशक पाण्डेलाईसमेत नियन्त्रणमा लिई अनुसनधान अघि बढाएको थियो ।

प्रतिवादीहरूले सर्वोच्च अदालतको आदेश विपरीत मेनपावर कम्पनीको कारोबार र बैंक खातासमेत रोक्का गरेर घूसको बार्गेनिङ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार