राजधानी माग गर्दै धनकुटा बजार बन्द

राजधानी माग गर्दै धनकुटा बजार बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ पुष २०७४
  • 13.1K
    Shares

प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै धनकुटाबासीले सोमबार धनकुटा बजार र यातायात बन्द गराएका छन् । धनकुटाबासीले बिहानैदेखि बजार बन्द गराएका छन् ।

बिहानदेखि आन्दोलनकारीले माइकिङ गरेर बजार बन्द गराएका हुन् । व्यापारीहरु स्वस्फुर्तरुपमा आन्दोलनमा एैक्यबद्धता जनाएपछि धनकुटा बजार पूर्णरुपमा बन्द भएको हो । नीजि र सरकारी सवारी साधन समेत बन्दकर्ताले चल्न दिएका छैनन् । धनकुटाहुँदै तेह्रथुम, संखुवासभा र भोजपुर गुड्ने सवारी साधान जिरोप्वाइन्टमा रोकिएर राखेका छन् । सुरक्षा र एम्बुलेन्सलाई भने सहजरुपमा चल्न दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार