मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा ना सु पक्राउ

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा ना सु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ मंसिर २०७४
  • 14.4K
    Shares

भक्तपुर– जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो। टोलीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार