चुनावी प्रचारमा प्रयोग भएका मोटरसाईकलमा आगजनी

चुनावी प्रचारमा प्रयोग भएका मोटरसाईकलमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ मंसिर २०७४
  • 12.5K
    Shares

रसुवाः रसुवामा चुनाव प्रचारमा प्रयोग भएका मोटरसाईकलमा आगजनी भएको छ। रसुवाको पार्वतकुण्डा गाउँपालिका–२ ग्रेमा आइतबार साँझ तीन वटा मोटरसाइकलमा आगजनी भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले राती नै केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। निर्वाचन विरोधी समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनामा हुन सक्ने थप घटनाप्रति सचेत रहँदै रसुवामा सुरक्षाकर्मी र गस्ती वढाइएको प्रहरी निरीक्षक सिलवालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार