केरुङ नाकाबाट १७ किलो सुन बरामद

केरुङ नाकाबाट १७ किलो सुन बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ मंसिर २०७४
  • 11.6K
    Shares

रसुवा- निर्वाचनको मुखैमा फेरी रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट शनिबार बिहान उक्त परिमाणको सुन बरामद गरेको हो ।

केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको बा ११ च नम्बरको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताए ।

उनका अनुसार जिपमा न्यापकिन, ट्वाइलेट पेपर ल्याइएको थियो । त्यही समान भित्र राखेर १७ किलो सुन पनि नेपाल ल्याइँदै थियो ।

अनुसार जिप र जिपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय कसाङ दावा तामाङले उक्त जिप चलाएका थिए । प्रमुख थापाले भने, ‘सुन मालिक को हो र कहाँ लगिँदै थियो भन्ने हामी अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार