२७ कात्तिक
प्युठान । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि धरपकड जारी राखेको छ ।
आइतबार दिउँसो स्वर्गद्वारी नगरपालिकाका जनसरकार प्रमुख गिरुप्रसाद भुसाल, राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य हरि बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै पत्रकार पदमप्रसाद पोखरेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
भुसाललाई आफ्नै ग्रिल उद्योगमा काम गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा प्युठानले जनाएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ प्युठान शाखा सदस्य पोखरेल र बस्नेतलाई बिजुवार जुम्रिबाट गिरफ्तार गरेको हो ।
पत्रकार पोखरेलको गिरफ्तारप्रति क्रान्तिकारी पत्रकार संगठन नेपालले अापत्ति जनाएको छ । संगठनका जिल्ला अध्यक्ष हरि भण्डारीले रिहाईको माग गरेका छन् ।