सुर्खेतबाट दैलेख आउँदै गरेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका ४ सियाकोटमा शुक्रबार राति दुर्घटना हुँदा भने १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर एक जनाको घटनास्थलमै र दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका ६ का पारस तिवारी, नौमुले गाउँपालिका ५ का रत्नबहादुर सिजाली र जिसी राना रहेको जिप्रका दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिए।
घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छ।