बसले किचेर भण्डारीको मृत्यु भएपछि प्रदर्शन शुरु

बसले किचेर भण्डारीको मृत्यु भएपछि प्रदर्शन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ कार्तिक २०७४
  • 16.5K
    Shares

पोखराको बगरबाट लामाचौरतर्फ जादै गरेको ग १ ख ६४५४ नम्बरको नगरबसले बिहीबार राती पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ लामाचौरमा विद्युतीय स्कुटरलाई ठक्कर दिदा पोखरा लेखनाथ महानगरपालिका १९ का राम भण्डारीको मृत्यु भएको छ । सो बसले लामाचौरतर्फ नै गइरहेको स्कुटरलाई साइडबाट ठक्कर दिदा भण्डारीको विहिवार घटनास्थल मै ज्यान गएको प्रहरीको भनाई छ ।
स्कुटरसहित बसमुनि परेका भण्डारीको टाउकोमा ठक्कर लागेको स्थानीयले जानकारी दिए । प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यसैबीच बसले किचेर भण्डारीको मृत्यु भएपछि आक्रोशित बासिन्दाले लामाचौरचोकमा शुक्रवार टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार