जापानले पत्ता लगायो आकासबाट बिना तार बिजुली ल्यान सकिने उपाय

जापानले पत्ता लगायो आकासबाट बिना तार बिजुली ल्यान सकिने उपाय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ साउन २०७३
  • 16.3K
    Shares

जापानले विजुलीको पोल तथा तारबाट मुक्ति पाउने उपायको खोजी गरेको छ । जापानका बैज्ञानिकले एक स्थानबाट अर्को स्थान विना तार विजुली पुर्‍याउने उपलव्धि हासिल गरेका छन् । जापानीज वैज्ञानिकहरुले अतिसूक्ष्म तरंगको प्रयोग गरेर १० किलोवाट बिजुलीलाई ५०० मीटर पर पुयाएका छन् । यस्तो प्रयोग सफल भएको दावी गर्दै मित्सुबिशी हेवी इन्ड्रस्टीजले भनेको छ ‘ लामो प्रयोग र अध्ययन पछि हामिले सिद्ध गरेका छौँ कि भविष्यमा व्यवसायिक रुपमा तारविना बिजुली पठाउन सकिने भएको छ ।’

मित्सुबिशीको यो भनाई जापानको एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीको यस्तै खोज पछि आएको हो । यसको एक दिन पहिला जाक्साका वैज्ञानिकले पनि १०० प्रतिशत नतिजा भन्दै १.८ किलोवाट विजुली ५५ मीटर पर पुर्‍याएको दावी गरेको थियो ।

यस प्रयोग अनुसार सुधार गर्न सकिएको खण्डमा भविष्यमा अंतरिक्षबाट पृथ्वीमा पनि विजुली ल्याउन सकिने छ । जाक्साका प्रवत्ताका अनुसार ठूलो मात्राको बिजुलीलाई पनि एक निश्चित स्थान सम्म अत्याधुनिक कन्ट्रोल डिभाइसको माध्यमबाट ल्याउन सकिन्छ ।

जाक्साले लामो समयबाट अन्तरिक्षको लागि सोलार पावर सिस्टम वनाउने प्रयास जारी राखेको छ । पृथ्वीमा भन्दा अन्तरिक्षमा सौर्य उर्जा पैदा गर्नुको फाइदा बढी हुन्छ । अन्तरिक्षमा मौसम तथा दिन र रातको कुनै असर पर्देन ।

तर, पृथ्वि भन्दा ३६हजार किलोमीटर टाढा सोलार प्यानल राखेर पृथ्विको सतहमा बिजुली ल्याउन सजिलो भने छैन । अन्तरिक्षमा उर्जा बनाने बिषयमा सन् १९६०को दशकबाटै अमेरिकी तथा जापानीज बैज्ञानिकले अध्ययन थालेका थिए ।

सन् २००९मा जापाने यस कार्यकोलागी भन्दै रकम समेत विनियोजन गरेको छ । जापान अहिले परमाणु उर्जा, सौर्य,कोइलामा तथा जैविक इन्धनमा भर परिरहेको छ ।

सन् २०११ मा फुकुशिमा दुर्घटना पछि आणविक उर्जाका बिषयमा बहस सुरु भएसँगै जापानेले उर्जाको लागी नयाँ खोजमा जोड दिइरहेको छ जुन आवस्यक पनि छ ।

प्रतिक्रिया