पत्रकारद्वय पनेरु र पगेनी पोखरामा सम्मनित

पत्रकारद्वय पनेरु र पगेनी पोखरामा सम्मनित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ कार्तिक २०७४
  • 16.8K
    Shares

पर्यटकीय नगरी पोखरामा आज दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा प्रेस सेन्टरका केन्दीय सदस्य एवं स्थानीय विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिमिलिसना पंगेनी रहेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट क्रियाशील पत्रकार महिला पंगेनी सम्मानित भएकी हुन् ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार सल्लाहकार एवं प्रजातन्त्र सेनानी माधव शर्माले आज एक समारोहकाबीच पोखरामा सम्मान गरेका हुन् ।


पोखरा लेखनाथ महानगरपालिका–५ का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । त्यस्तै ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार