झापा। विर्तामोडमा बालक हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। स्थिती नियन्त्रणमा लिन प्रशासनले लगाएको कर्फ्यु समेत तोडेर प्रदर्शन भएपछि गोली चलेको प्रशासनले जनाएको छ।
शुक्रबार दिउँसो १:३० बजेबाट अर्को आदेश नभएसम्मका लागि कर्फ्यु रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। उनका अनुसार पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको छ।
अर्जुनधारा नगरपालिका वडा नम्वर ११ निवासी ११ बर्षीय लक्ष्मण शिवाकोटीको हत्यारा पत्ता लगाउन परिवारले दबाब स्वरुप संघर्ष समिति बनाएर आन्दोलन गरेका हुन्र। शुक्रबारको उग्र प्रदर्शन दबाउन प्रहरीले २ दर्जन बढी हवाई फायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। स्थिति झनै उग्र बनेपछि प्रदर्शनकारीको भिडमा प्रहरीले गोली हानेको हो।
दुई जनाको मृत्यु भएपछि स्थिति झनै भड्किएको छ। प्रदर्शनकारी थप आक्रोशित बनेका छन्।