दुध पिएर नसकेको भन्दै पिताले ३ वर्षीया छोरीलाई अन्धकार रातमा घरबाट बाहिर निकालेका थिए। पिताले घर निकाला गरेकी ती बालिका दुई हप्तादेखि वेपत्ता भएकी थिइन्। प्रहरीले फेला पारेको एक बालिकाको शव उनै वेपत्ता बच्चीको भएको आशंका गरेको छ।
यो घटना अमेरिकाको हो। दुई वर्ष पहिले ती पिताले भारतको एक अनाथालयबाट धर्म पुत्रीका रुपमा उनलाई लिएर गएका थिए। बच्ची राम्रोसँग बोल्न सक्दैनथिइन्। न्यूज एजेन्सीका अनुसार शेरिन म्याध्यूज नाम गरेकी ती बालिकालाई ७ अक्टोबरमा वेवारिस् अवस्थामा उनको घरको पछाडि देखिएको थियो।
प्रहरीले एक बालिकाको शव सडकको मुनी भेटाएको थियो। तर ती बालिकाको सनाखत हुन नसकेपनि वेपत्ता कालिकाको शव उन सक्ने प्रहरीको आशंका छ। प्रहरीले म्याध्यूज हाउसदेखि करीब एक किलोमिटर दुरीमा बालिकाको शव फेला पारेको थियो। शवको पोष्टमार्टमपछि यो कुराको पुष्टी हुने समाचारमा उल्लेख छ।