अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन

अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ माघ २०७२
  • 12K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहलिो पटक हो।  अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैँक खाता तथथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको छ। राष्ट्र बैँक स्रातका अनुसार अख्तियारको पत्रपछि देशभरका बैँक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ।
अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिना अघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो।
अख्तियारले गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, भूमिसुधार सचिव मोहनकृष्ण सापकोटा, प्रधानमन्त्री कार्यालयका सचिव महेश दाहाल, पशुपंक्षी विकास मन्त्रालयका सपिचव डा. कृष्णचन्द्र पौडेल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुनीलबहादुर मल्ल, पुनर्निर्माण प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारी, सशस्त्रका एआइजी कृष्णकुमार तामाङ लगायत बहालवाला कर्मचारीको बैँक खाता रोक्का गरिएको छ।

प्रतिक्रिया