सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अनियमितामा संलग्न भएको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। अापूर्ती मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेको प्रस्तावका आधारमा खड्कालार्इ पदच्यूत गरिएको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।
मन्त्रीले मण्डलले लगेको प्रस्तावमा खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलार्इ असहयोग गरेको उल्लेख गरिएको छ
यसअघि संसदअन्तर्गतका विभिन्न समितिहरुले पनि खड्का अनियमितामा संलग्न रहेको ठहर गर्दै पदबाट बर्खास्त गर्न सरकारलार्इ निर्देशन समेत दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि अापूर्ती मन्त्री मण्डललार्इ महानिर्देशक खड्कालार्इ बर्खास्त गर्ने गरी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।