अन्तरघातको आरोपमा एमाले केन्द्रीय सदस्यसहित ५५ जना कारबाहीमा (सूचीसहित)

अन्तरघातको आरोपमा एमाले केन्द्रीय सदस्यसहित ५५ जना कारबाहीमा (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ भाद्र २०७४
  • 10.5K
    Shares

नेकपा एमाले कैलालीले स्थानीय तहको निर्वाचनमा अन्र्तघात गरेको आरोपमा ५५ जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । कारवाहीमा पूर्व मन्त्री तथा हाल व्यवस्थापीका संसद सदस्य मोहनसिंह राठौर देखि प्रदेश, जिल्ला हुदै स्थानिय निकायका कमिटी सदस्य समेत रहेका छन । ति सबैलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

पूर्वमन्त्री तथा सांसद मोहनसिंह राठौरलाई लम्की चुहा नगरपालिकाको ९ नम्बर वडा कमिटीले कारवाहीको सिफारिस गरेको थियो । आफ्नो वडामा पार्टीको आधिकारिक उम्मेद्धवारलाई हराउन भूमिका खेलेको राठौर माथि आरोप छ । उनले आफ्नो वडामा मिलन चन्दलाई विद्रोही उम्मेद्धवार उठाएका थिए । राठौर माथिको कारवाही सिफारिस जिल्ला र प्रदेश कमिटी हुदै केन्द्रिय कार्यालयसम्म आइपुगेको छ ।

 

साधारण सदस्यता सहित निष्कासन पर्नेमा प्रदेश कमिटी सदस्य शंकरमान बोहरा, जिल्ला कमिटी सदस्य भुवन रिजाल, कैलाली क्षेत्र नम्बर २ का उपाध्यक्ष भीमप्रसाद जैसी र युवा संघका नेता बिजयसिंह मयाल लगायत छन । प्रदेश सदस्य बोहरा माथि लम्की चुहा नगरपालिकाको वडा नम्बर ६ मा पार्टीको आधिकारिक उम्मेद्धवारलाई हराउन ईन्द्रबहादुर बोहरालाई स्वतन्त्र उम्मेद्धवार उठाएको आरोप छ । अन्य नेताहरु माथि बागी उम्मेद्धवार उठाएको, जिम्मेवारी पुरा नगरेको विपक्षी पार्टीका उम्मेद्धवारहरुसंग साटगांठ गरेको आरोप छ । नेकपा एमालेले कैलाली जिल्लामा १३ मध्ये ७ निकायमा विजय हासिल गरेको छ । टीकापुर, लम्की चुहा, घोडाघोडी, गौरीगञ्ज र गोदावरी गरी चार नगरपालिका चुरे र मोहन्याल गरी दुई गाँउपालिका जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार