कम्ब्याट लगाएर लडेका गृहमन्त्री जनार्दन शर्मा कम्ब्याट ड्रेसबाट तर्सिए

कम्ब्याट लगाएर लडेका गृहमन्त्री जनार्दन शर्मा कम्ब्याट ड्रेसबाट तर्सिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ भाद्र २०७४
  • 7.5K
    Shares

दशवर्षे जनयुद्धका क्रममा कम्ब्याट ड्रेस लगाएर प्रतिक्रिया राज्यसत्ताविरुद्ध लडेका तात्कालीन जनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्मा प्रभाकर यतिबेला त्यही प्रतिक्रियावादी राज्यसत्तामा गृहमन्त्री रहेका छन् । तर तिनै जनमुक्ति सेनासँगै साथमा युद्ध लडेको सामना साँस्कृतिक परिवारले आज काठमाडौंमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कम्ब्याट ड्रेस लगाएर नाचेका जनकलाकारहरु देखेर जनार्दन गृह प्रशासन तर्सियो र उनले कार्यक्रममा प्रहरी नै पठाएर “कम्ब्याट ड्रेस लगाएर” ननाच्न निर्देशन दिए ।

नेपाल कम्युनिस्ट पार्टी निकट जनसास्कृत महासघले राजधानीको राष्ट्रिय नाचघरमा आयोजित सास्कृतिक कार्यक्रमलाइ प्रहरीले हस्तक्षेप गर्ने कोशिस गरे ।

सामना परिवारले गर्न लागेको कार्यक्रमलाइ प्रहरी द्धारा माथिको आदेश भन्दै अवरोध गर्ने प्रयास गरे । आफुहरुनै रगत पसिना बगाएर ल्याएको गणतन्त्र मा एउटा कार्यक्रम समेत गर्न बन्देज लगाउन खोज्नु सर्वसत्तावादी चिन्तन भएको नेकपाका नेताले बताएकाछन। कार्यक्रममा यो गित बजाउनु , यो नाच नदेखाउनु यो ड्रेस नलगाउनु भन्दै प्रहरी हल भित्र पुग्नु नै निरंकुशताको प्रमाण भएको धारण समेत राखेका छन । बर्दीधारी प्रहरी हलमामा पुगेपछी केहि समय तनावग्रस्त भएको खबर प्राप्त भएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार