विपीको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाउनु गर्वको कुराः देउवा

विपीको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाउनु गर्वको कुराः देउवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ भाद्र २०७४
  • 4.8K
    Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोइरालाको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाएकोमा आपूmलाई गर्व लागेको बताएका छन्। प्रधानमन्त्री देउवाले विपी जस्तो सफल व्यक्तित्व मुलुकले अझै पाउन नसकेको बताए।

विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विपी कोइरालालाई राजनीति मात्रै नभएर साहित्य र दर्शनको प्रखर व्यक्तित्वको रुपमा स्मरण गरे। उनले विपीको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको उल्लेख गर्दै त्यसको प्रचार प्रसार अभियानलाई अझै व्यापक बनाउनुपर्नेमा पनि जोड दिए।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले विपीबारे अझै खोज, अनुसन्धान गर्न सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रधानमन्त्री देउवाले विपी कोइरालाको बारेमा जतिबोले पनि कम हुने पनि बताए। कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको थियो। १ लाख १ हजार नगदसहित प्राध्यापक डाक्टर सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको हो।

सुवेदी जस्तो विद्धानलाई विपी साहित्यिक सम्मान प्रदान गरेकोमा आफूलाई खुसी लागेको पनि प्रधानमन्त्री देउवाले बताए। त्यस अवसरमा सम्मानित व्यक्तित्व सुदेवीले राजनीतिमा सृजना हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले विपी कोइराला सृजनशील राजनेता भएकाले मुलुकले सधैं सम्झने गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार