दश वर्षदेखि खोजिरहेको रोवोट शसस्त्र प्रहरीले बल्ल भेट्टायो

दश वर्षदेखि खोजिरहेको रोवोट शसस्त्र प्रहरीले बल्ल भेट्टायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ भाद्र २०७४
  • 12.7K
    Shares

१४ भदौ, काठमाण्डौं । जिविएस टिमले तयार पारेको सर्भालेन्स रोवोट शसस्त्र प्रहरीलाई हस्तान्त्रण गरिएको छ । शसस्त्र प्रहरी प्रहरी बलको मुख्यालयमा शसस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई रोवोट हस्तान्त्रण गरिएको हो ।

‘शसस्त्रलाई सर्वाईलेन्स रोवोटको आवश्यकता भएको हाम्रो टिमले महशुस गरि लामो खोज तथा अनुसन्धानपछि यो रोवोट तयार गरेका छौ, निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले भने ‘दुई सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने यो रोवोटले विपत स्थल, घटना स्थल र शंकास्पत वस्तुस्थितिका वारेमा जानकारी गर्न मदत पुग्ने छ ।’

उनले भने, ‘यो रोवोट उच्च स्तरीय प्रविधिबाट निर्माण गरिएको छ । शसस्त्र प्रहरीले यो रोवोटको प्रयोग गरि घटना स्थलको पूर्व अनुसन्धान गर्न सक्ने छ ।’

इन्जिनियर गणेशविक्रम सिंह आले मगर, यज्ञप्रसाद देवकोटा र विमल कुमार बोहोराको टिमले नेपालको विज्ञान तथा प्रविधिको विकासको लागि एक दशकभन्दा लामो समयदेखि निरन्तर खोज र अनुसन्धानमा लागि परेको वताएका छन् ।

आफ्नै निजी खर्चमा यो रोवोट निमार्ण गरेको निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले वताए । ‘विपतका वेला शसस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले आफुहरुले तयार गरेको रावोट शसस्त्र प्रहरीलाई हस्तान्त्रण गरेका हौ’ उनले भने ।

अव नेपाली सेना र शसस्त्र प्रहरी वलले महंगोमा विदेशबाट रोवोट किनेर ल्याउनु पर्दैन । नेपाली युवाहरुलेनै नेपालमै अत्याधुनिक प्रविधि सहितको रोवोट निर्माण गर्न सक्छौ । तर यसमा सवै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक रहेको छ ।

प्रतिक्रिया