विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड

विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ भाद्र २०७४
  • 6.6K
    Shares

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका बेला संविधान संशोधनका विषयमा भएको कुराकानीलाई लिएर बहस गर्नु आवश्यक नरहेको बताएका छन् ।

बिहान बिराटनगर बिमालस्थलमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो हो भन्ने आधिकारिक जानकारी नभए पनि देशलाई आवश्यक परे फेरि बहस गर्न सकिने भन्दै अहिले यो बहस आवश्यक नै नरहेको बताए ।

संविधान संशोधन प्रक्रिया अहिलेलाई टुंगिएको भन्दै प्रचण्डले संविधान गतिशिल दस्तावेज भएकाले भारतम गएर देउवाले त्यसरी बोल्नु आवश्यक नरहेको टिप्पणी गरे ।

आफूले आज मात्रै संयुक्त वक्तव्य हेरको र काठमाडौं फर्केपछि प्रधानमन्त्री लगायतसँग छलफल गर्ने बताए । कार्यक्रममा प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार