जिल्ला प्रहरी कार्यालय कास्कीमा हरेक पटक नयाँ प्रमुख हाजिर भए लगत्र्तै आफ्नो कार्यकालका लागि नयाँ कार्ययोजना सार्वजनिक गर्ने गर्छन् । त्यस्तै गरेर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख भएर करीब दुईहप्ता अघि पोखरास्थित जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका प्रहरी उपरीक्षक –एसपी) अशोकसिंहले पनि आफ्नो कार्यकालका लागि आइतबार कास्कीको सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुदे कार्ययोजना सार्वजनिक गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा आईतबार एक पत्रकार सम्मेलनको आयोजना गरी एसपी सिंहले र कास्कीको सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण गर्ने, गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता कायम गर्ने, चोरी, तस्करी, कालो बजारी तथा अबैध मदिरा नियन्त्रण गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, फरार आपराधीको खोजी र कार्वाही गर्ने उनको कार्य योजनामा छ । त्यसै गरि भष्ट्राचारमा शुन्य सहनशिलता, आन्तरिक शुद्धिकरण, प्रविधीमैत्री प्रहरी सेवा, कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगायतका रहेका छन् ।
एसपी अशोकसिंहले सो पत्रकार सम्मेलनमा अपराध नियन्त्रण तथा रोकथामलाई पहिलो प्रथामिकतामा रहेको बताए । उनले पर्यटकीय पोखरामा शान्ति सुरक्षाको निमित ठूलो समस्या रहेको गुण्डागर्दी नियन्त्रण र लागूऔषधको समस्या समाधानका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले “पहिले गुडागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने, कुन कुन अपराधमा संलग्न छ भने खोज्ने र त्यस पछि पक्राउ गरि कडा कार्वाही गर्ने ” भनाई राखे ।
दुई साता आगाडी कास्कीमा सरुवा भई आएका सिंहले नजिकै आउदै गरेको चार्ड पर्वलाई लक्ष्त गरि विशेष सुरक्षा योजना समेत बनाएको बताए । उनले आफु पोखरामा आएर काम थाले पछि पोखराका ११ स्थानबाट जुवा तास खेल्ने ८२ जनालाई पक्राउ गरि २० लाख ४२ हजार नगर बरामद गरेको बताए ।
सोही अवसरमा कास्कीको माछापुच्छे गाँउपालिका वडा नम्बर ७ मा चोरी गरि भागेका ६ जना अभियुक्तहरुलाई सार्वजनिक गरिएको थियो । उनीहरुको साथबाट ३ तोला ५० लाल सुन, आइप्याड, आइफोन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
फुटेज एफटिपीमा छ