नारायणकाजीले दिए प्रचण्डलार्इ अलग पार्टी बनाउने धम्की

नारायणकाजीले दिए प्रचण्डलार्इ अलग पार्टी बनाउने धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ साउन २०७३
  • 158K
    Shares

नेकपा माअाेवादी केन्द्रका वरिष्ठ नेताका रूपमा चिनिएका नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलार्इ अाफुलार्इ तल पार्न खाेजे देखाइदिने चुनाैति  दिएका छन् । विभिन्न माअाेवादीहरूकाे एकतापछि बनेकाे माअाेवादी केन्द्रकाे दाेस्राे तहकाे नेता काे हुने भन्नेबारे चलेकाे विवादमा प्रचण्डले वैद्य माअाेवादीबाट अाएका रामबहादुर थापा बादललार्इ काखी च्याप्न खाेजेपछि नारायणकाजीले प्रचण्डलार्इ देखाइदिने धम्की दिएका छन् ।

एमाअाेवादी बन्दा अाफुभन्दा बादल कनिष्ठ नेता भएकाे र अहिले पछि अाएर उनलार्इ अाफुभन्दा वरिष्ठ नेता बनाइए नारायणकाजीले प्रचण्डलार्इ अलग पार्टी बनाएर देखाइदिने धम्की दिएका छन् ।

‘एमाअाेवादी छदै म बादलभन्दा वरिष्ठ नेता थिए, तर अहिले उनलार्इ तपार्इले वरिष्ठ बनाउन खाेज्नु भएकाे हाे त ?’ नारायणकाजीले प्रचण्डसँग भनेका छन्- ‘यदि तपार्इले बादललार्इ वरिष्ठ नेता बनाएकाे दिन मैले अर्काे नयाँ पार्टी बनाएर देखाइदिन्छु ।’

नारायणकाजीले धेरै पहिले नै प्रचण्डलार्इ छाेड्ने संकेत दिइसकेका थिए । बाबुरामले पार्टी नछाेड्दै एमाअाेवादीमा नारायणकाजीले अाफ्ना दाेस्राे तहका नेताहरूलार्इ अलग पार्टीकाे अाधार तय गर्न निर्देशन समेत दिएका थिए ।

याे बीचमा धेरै पटक नारायणकाजी गुटकाे अलग्गै भेला र छलफल समेत हुने गरेका थिए ।

प्रचण्ड र नारायणकाजी पक्षबीच चलेकाे पछिल्लाे कलहले माअाेवादी केन्द्रले अाकार ग्रहण नगर्दै विभाजनकाे संघारमा पुगेकाे छ । विश्लेषकहरूले याे एकता धेरै लामाे समय नटिक्ने बताउन थालेका छन् ।

‘प्रचण्डले एकताका नाममा विभिन्न पार्टीहरूलार्इ गरेकाे अनैतिक कार्यले अन्तत: माअाेवादी केन्द्र विकेन्द्रतिर जाने निश्चित छ ।’ एक वामपन्थी विश्लेषकले भने- ‘अबकाे तीन महिनाभित्र माअाेवादी केन्द्र अनेकन केन्द्रमा पुगेर विभाजन हुने स्पष्ट देखिएकाे छ ।’

कहि नभएकाे झण्डै ७ सयकाे संख्यामा बनेकाे केन्द्रीय समितिले केन्द्रदेखि गाउँसम्म ठूलाे भूइँचालाे पैदा गरेकाे पूर्व एमाअाेवादीका कार्यकर्ताहरूले फेसबुकबाट गरेका अनेकन प्रतिक्रियाले देखाएकाे छ ।

प्रतिक्रिया