झापा, ६ भदौ / बिजुलीको हाइटेन्सन तार घरको छानामा खस्दा झापामा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।
घाइते हुनेमा झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीका ६४ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४० वर्षीया राधिका काफ्ले र २० छोरी वर्षीय दमन्ता काफ्ले रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
आगोले भन्छामा क्षति गरेको छ । आत्तिएर घरबाहिर भाग्न खोजेका उनीहरु करेन्ट लागेर भुँइमा लडेका हुन् । करेन्ट लागेर घरमा पालिएका चौपायासमेत मरेको बताइएको छ । घाइते तीनै जनाको शरीरभर चोट लागेको छ । स्थानीयका अनुसार घाइते दमन्ताको ६÷७ महिनाअघि विवाह भएको थियो । उनी तीजको दर खान माइत आएकी थिइन् । नयाँ पत्रिकाबाट