अमेरिकी समाचार संस्था सिएनएनले विश्वका ५० स्वादिला पेय पदार्थको लिस्ट सार्वजनिक गरेको छ । पानीदेखि रेडबुल र बियरदेखि कफीसम्मलाई उत्कृष्ठ ५० भित्र समेटेको उसले नेपाली घरेलु रक्सीलाई ४१ नम्बरमा राखेको छ :
५०. आँपको लस्सी, भारत
भारतका केही भाग्यमानी एअर कन्डिसन र आइटी कार्यालयहरुमा स्थान्तरण भएका छन् । तर, बाँकी भारतीयका लागि चर्को गर्मीमा शितलता प्रदान गर्ने पेय पदार्थ बनेको छ आँप, दही र दूध मिलाएर बनाइने लस्सी ।
४९. रेडबुल, अस्ट्रिया
अस्ट्रियाको रेडबुल अहिलहे विश्वव्यापी रुपमा चर्चित छ । जुनसुकै मौसममा जतिबेला पनि पिउन सकिन्छ । रेडबुलले न त मस्तिष्क विकासमा मद्दत गर्छ, न त शारीरिक विकासमा । तर, रेडबुल पिउँदा तत्काल शक्ति प्राप्त हुन्छ भने मुहारमा ताजापन र चमक पैदा गरिदिन्छ ।
४८. याकुल्ट, जापान
जापानमा चर्चित व्याक्टेरियायुक्त पेय पदार्थ हो, याकुल्ट । यो जति नै पिए पनि १०० मिलिलिटरभन्दा बढी पिएजस्तो लाग्दैन ।
४७. गिनिज, आयरल्याण्ड
गिनिजको प्रभावकारीताबारे बुझ्न केबल ११९ सेकेण्ड मात्रै लाग्छ । यो बियरजस्तै पेय पदार्थमा आइरन राखेर तयार पारिएको हुन्छ । केही हदसम्म स्वस्थकर नै मानिने गिनिज उत्कृष्ट पेय पदर्थमै पर्छ ।
४६. पिना कोलाडा, प्यूरेटो रिको
पिना कोलाडा पिय पिउँदा क्याराबियनको समुद्री तटमा पुगेर नरिवल, भूईकटरको रस र रम मिलाएर पिइरहेको अनुभूति हुन्छ ।
४५.सेनडोल, इन्डोनेसिया
सेनडोल पानी राखेर बनाइने एक किसिमको मिठाई हो । यसलाई कचौरामा राखेर पिउने गरिन्छ । नलिबलको दूध र मिठो पामको चिनी मिसाएर यसमा बरफको टुक्रा राखिन्छ ।
४४. सुज्वङ्गग्ववा, कोरिया
सुखे रत्न, दालचीनी, अदुवा र कालो मरिचको प्रयोग गरेर सुजङ्गग्ववा बनाइन्छ । यी मसलाहरुलाई पानीमा उमालेर बनाइने गरिन्छ । र्इंटाजस्तो रातो रङको भएको यो पेय पदार्थ निकै नै सुगन्धित र स्वादिष्ट हुन्छ ।
४३. फेण्टा, जर्मनी
दोस्रो विश्वयुद्धको समयमा कोकाकोलाको सामाग्रीहरुहरु रोकिएका कारण कोकाकोला जर्मनीमै बनाउने निर्णय गरेर फेण्टा जर्मन बनाएका थिए । फेण्टा जर्मन १९४३ मा निकै नै लोकप्रिय भएको थियो ।
४२. शिकोवासा रस, जापान
जापनिज फल शिकोवासा पश्चिममा भने अज्ञात नै छ । वास्तवमा ‘फ्याट कागती’को रुपमा चिनिदै आएको यो फलका धरै गुण कागतीसँग मिल्छ । धेरै रस आउने यो फलको रस निकालेर जापनिजहरुले विशेष पेय पदार्थको रुपमा पिउँछन् । शिकोवासको रस जापानमा निकै लोकप्रिय पनि छ ।
४१. रक्सी, नेपाल
कोदो वा चामलबाट रक्सी तयार पारिन्छ । यो निकै कडा सुगन्ध र पिउँदा गलामा सनसनी पैदा गराउँछ । नेपालीहरुले घरमा बनाउने यो पेय पदार्थ कतिपय जातिले चाडपर्वमा सगुनको रुपमा पनि प्रयोग गर्छन् । तर, बिदेशीहरुले भने यही किसिमका महंगा पेय पदार्थ रमाइलो गर्नका लागि पिउँछन् ।
४०. नरिवलको पानी, विश्वव्यापी
नरिवललाई काच्चै खाना पनि सकिन्छ र यसको तेलको प्रयोग गरेर खाना पनि बनाउन सकिन्छ । तर, यति धेरै गुण भएको नरिवललाई खाने राम्रो तरीका भने यसको टुप्पोका प्वाल पारेर स्ट्र हालेर रस पिउनु नै हो । यो विश्वव्यापि रुपमा चल्तीमा छ ।
३९. स्कच व्हिस्की, स्कटल्याण्ड
मनिसहरु हडबडाएर काम गर्न त्यति रुचाउँदैनन्, तर पनि यदि तपाईं व्हिस्की पिउन जाँदै हुनुहुन्छ भने व्हिस्की पिउने सही तरिका जान्नै पर्ने हुन्छ । स्कटल्याण्डको स्कच व्हिस्की विश्वमा चर्चित छ । तर, यसमा बरफको टुक्रा राखेर खाने प्रयास नगर्नु नै राम्रो हुन्छ ।
३८. मोजिटो, क्यूवा
यो क्यूबाको एक सिजनिङको नाममा आधारित छ । क्यूबाले सर फ्रासिस डेकको सम्मानमा यो उत्पादन गरेको थियो । मोजिटो अर्नेस्ट हेमिंगवेको मनपर्ने पेय पर्दाथ हो । यसमा सेतो रम, चूना, चिनी, टकसाल र सोडाको मिश्रण हुन्छ ।
३७. साइडर, बेलायत
एक गिलास असली फर्महाउस साइडर र धेरै मात्रमा उत्पादित एप्पल साइडर जति नै कडा हुन्छ । दालचिनी, ल्वाङ र अनफिल्टर स्याउको दानालाई पिँधेर यो पेय बनाइएको हुन्छ । जाडो मौसममा न्यानोपन पैदा गर्न साइडर बढी पिउने गरिन्छ ।
३६. मार्टिनी, अमेरिका
यो अमेरिकन पेय पदार्थ हो । मार्टिनमा धरै थरीका अन्य चीजहरु जस्तैः एप्पलिनिस वा चकलेट मार्टिनिस राखेर स्वादमा परिवर्तन ल्याउन सकिँदैन ।
३५. एर्बा मेट, दक्षिण अमेरिका
दक्षिण अमेरिकाको रेनफोरेस्टमा पाइने विशेष प्रकारका पातहरु पिँधेर तातोपानीमा राखी एर्बा मेट तयार पार्ने गरिन्छ । यो संसारकै एक आश्चर्यजनक र सुखदायी खोजको रुपमा पनि चिन्निछ । यो पेय दक्षिण अमेरिकामा मात्र नभएर अर्जेन्टीना, पराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा पनि लोकप्रिय छ ।
३४. श्याम्पेन, फ्रान्स
श्याम्पेन पेय पर्दाथको दुनियामा एक हिराको रुपमा चिनिने गर्छ । श्याम्पेनको एक घुड्को पिउँदा मात्र पनि तपाईंलाई बेग्लै महसुस हुन्छ ।
३३. गाँजरको रस, विश्वभर
स्वस्थको दृष्टिकोणले निकै नै लाभदायी र बच्चाहरुमा निकै नै लोकप्रिय गाँजरको रस विश्वभर नै प्रचलित पेय पदार्थ हो । गाँजरको रस धेरै पिउँदा छाला पनि सुन्तला रंगको हुन सक्ने भएकाले सन्तुलित रुपमा प्रयोग गरेकै राम्रो हुन्छ ।
३२. आयरिस क्रिम, आयरल्याण्ड
बेनेभोलेन्टका एक तान्त्रीक जसलाई आयरिस क्रिम बनएको क्रेडिट दिइएको छ । उनले ३८ हजार उत्तम प्रजातिका गाईहरु चराउने ठाउँको आइरिस खेतीलाई यो उच्चकोटीको आइसिस क्रिम बनाउनका लागि छनौट गरेका थिए । यो जेसँग पनि घुल्ने पेय पदार्थ हो ।
३१. टक्किला, मेक्सिको
मेक्सिकोको चर्चित पेय पदार्थ टक्किलामा नुन, चुन र अन्य चीजहरु हालेर खाने सोच छ गलत हो । कुनै दिन यो अवसर जुट्यो भने टक्किला सत प्रतिशत एक्लै पिउनुहोस् ।
३०. स्पार्कलिङ वाटर, विश्वभर
स्पार्कलिङ्ग, कार्बोनेटेड, फिजी, ग्याँस जेसुकै नाम यसलाई दिन सकिन्छ । पुरानै एचटुओलाई एक स्टाइलिस पेयमा परिवर्तन गरिएको मात्रै हो ।
२९. काइपिरिन्हा, ब्राजिल
ब्राजिलको राष्ट्रिय पेयलाई कागती र ब्राजिलियन उखुको रमसँग मिलाएर बनाइएको काइपिरिन्हा नयाँ युगको एक नौलो पेय हो । यसलाई कागतीका टुक्रा राखेर पिउन सकिन्छ ।
२८. चकलेट मिल्कसेक, अमेरिका
फस्टफुडको दुनियामा यो पेय निकै नै लोकप्रिय बन्दै आएको छ । सबै परिवारसँग खाना खाएपछि यो पिउनुको छुट्टै मज्जा हुन्छ । तर, यो पेयमा हामीले सोचेजस्तो क्यालोरी भने हुँदैन ।
२७. थाई आइस्ड चिया, थाईल्याण्ड
सडकमा गाडामा प्लास्टिकको कपमा हालेर बेचिने यो चिया थाईल्याण्ड निकै नै लोकप्रिय छ । उज्जल र नौरङ्गी देखिने यो चिया उत्तिकै स्वादिलो हुन्छ । यदि यो भियतनामी र चिनीयाँ रेसिपी नभएको भए यसलाई बनाउने तरिका चोरी हुन सक्थ्यो ।
२६. आयरिश कार बम, अमेरिका
यो पिय एक प्रकारको व्हिस्की हो जुन आधा आयरिस व्हिस्की र आधा आयरिस क्रिम हालेर पिउने गरिन्छ । यो अमेरिकी युवाहरुमाझ निकै लोकप्रिय छ ।
२५. बबल चिया, ताइवान
ताइवानको बबल चिया निकै लोकप्रिय छ । सामान्य चियाको तुलनामा बबल चिया फरक हुन्छ । एसियन युवाहरुमा यो लोप्रिय छ ।
२४. राकी, टर्की
अंगुर वा अन्जिरबाट बनाइने एक शक्तिशाली रक्सी हो । पानी हालेर घोलेपछि यो दूधजस्तै सेतो बन्छ । समुद्री भोजनको रुपमा यो पनि निकै लोकप्रिय छ ।
२३. दूध, विश्वभर
हरेक बिहान लाखौं मानिसहरु बिहानको खाजामा दूध पिउने गर्छन् । बच्चाहरुको हड्डी बलियो बनाउन दूध पिलाउने गरिन्छ । विश्वभर पाइने दूध एक राम्रो र स्वस्थ पेय पदार्थ हो ।
२२. गेटोरेड, अमेरिका
दौडमा हार्ने खेलाडीहरुलाई गेटोरेड पिलाइन्छ रे । ठट्टा गर्ने कुरा एकातिर छ, तर फ्लोरिडा विश्वविद्यालयका एथलेट्सहरुद्वारा खोजी गरिएको यो पेय पानीको परिपूर्ति तथा पोषण पूर्तिका लागि बनाइएको हो । अमेरिकामा यो पेयले ७५ प्रतिशत पेयको बजार ओगटेको छ ।
२१. एगनग, बेलायत
क्रिसमसको रात्री भोजका लागि एगनज निकै चलिआएको पेय पदार्थ हो । दूध र अण्डाबाट बनाइने यो पेय बेलायतमा निकै चर्चित छ ।
२०. सेक्स अन द बिच, अमेरिका
जब फ्लोरिडाको एक बारम्यानलाई आरु, सुन्तलाको रस, क्यार्नबेरीको रस र भोड्का मिसाएर बनाइएको ककटेल समुद्री तटमा बेच्न निकै गाह्रो भयो तब यो पेयको नामलाई रोचक बनाउन नाम नै ‘सेक्स अन द बिच’ राखेका थिए । पछि यो पेय अमेरिकी युवाहरुमाझ लोकप्रिय बन्यो ।
१९. एस केलपा मुदा, इडोनेशिया
कलिलो नरिवलको रस रंगिन सिरप र नरिवलको टुक्राहरुबाट बनाइने यो पेय इडोनेशियाका बच्चाहरुमा निकै लोकप्रिय छ । यो इन्डोनेशियाको सबैभन्दा शुद्ध र लोकप्रिय पेय मानिन्छ ।
१८. ह्वाइट वाइन, संसारभर
जब कोही मानिसले एक बोतल पेयको लागि १ लाख १७ हजार अमेरिकी डलर खर्च गर्छ र सो पेयलाई एउटा बुलेटप्रुफ सुटकेशमा राख्छ । अब तपाईं त्यो कुन पेय हो भनेर सजिलै अनुमान लगाउन सक्नुहुन्छ । यो हो ह्वाइट वाइन । यो खानमा खासै स्वादिलो नभएपनि लोकप्रियता बढी छ ।
१७. लेमनएड, इजिप्ट
कागती, पानी र चिनी सुन्दा त्यति खास त लाग्दैन । तर, आजभन्दा १५ सय बर्ष अगाडि बनाइएको एउटा वृत्तचित्रमा गर्मीमा ताजगी लेराउने लेमनएडले बच्चालाई परिलोक र युवालाई बच्चा बनाउँछ भन्दै निकै प्रशंसा गरिएको थियो । यदि यो पेयबाट पाँच चम्चा चिनी हटाउने हो भने झन् स्वस्थबर्दक हुन्छ । यसले अपच, आउँ र कब्जियतबाट पनि राहत प्रदान गर्छ ।
१६. मिनी बारबाट जे पनि, संसारभर
बिहानीको समयमा जब तपार्इं पानी, हेनकेन वा स्याउको रस जे पाए पनि पिउन पाए हुन्थ्यो भनेको समयमा होटलको मिनीबारको पानी वा अन्य जसले पनि प्यास मेटाउँछ ।
१५. साक, जापान
वाइनभन्दा कडा र भोड्काभन्दा कम साक जब डिनर टेबुलमा हुन्छ तब यो पिउनेहरु खुसी हुन्छन् । तातो या मनतातो, आफुले चाहेअनुसार साक तयार पार्न सकिन्छ । यसको स्वाद हल्का वाइनको जस्तो हुन्छ ।
१४. पास्तिस, फ्रान्स
यो पेय त्यति धेरै रोमान्चक प्रदान गर्ने नभए पनि फलफूल र जडिबुटीको गुणका कारण फ्रान्समा सिग्नेचर पेयको उपाधि पाएको छ ।
१३. कुल–एड, अमेरिका
कुल–एडले पाउडर मिश्रण पेयक क्षेत्रमा क्रान्ति नै ल्याएको थियो । स्वादिलो पानीको रुपमा यसले उत्तर अमेरिकाका बच्चाहरुमाझ आफ्नो छुट्टै स्थान बनाएको थियो ।
१२. खर्बुजा र काँक्रोको पञ्च, विश्वभर
संसारकै सबैभन्दा ताजा मानिने दुई फल खर्बुजा र काँक्रोको रस निकालेर थोरै सिपर र कागतीको रस हालेर खानुभयो भने तपाईलाई गर्मीको चर्काे घामबाट बच्न अरु केही पनि चाहिदैन ।
११. सांग्रिआ, स्पेन
आधा सडेका फलहरु र रेड वाइन हालेर बनाइने यो पेय स्पेनिसहरुमा निकै लोकप्रिय छ । यसको अनौठो स्वादले जोकोहीलाई पनि मनोरञ्जन प्रदान गर्छ ।
१०. मार्शमलोव्स विद् हट चकलेट, अमेरिका
समृद्ध र सुगन्धित मार्शमलोव्ससँग हट चकलेट चिसोको मौसममा लिन उत्तम पेय पदार्थ हो । यो अमेरिकामा निकै चर्चित छ ।
९. जिन र टोनिक, बेलायत
ब्रिटिस ईस्टइंडिया कम्पनीले मलेरियाबाट बच्नका लागि टोनिक पानीमा क्विनिन मिलाएर बनाएको औषधिजस्तै पेय आजका दिनमा रक्सी मिसाएर पिउने चर्चित पेय बनेको छ । बेलुकाको समयमा पिउन यो उपयुक्त मानिन्छ ।
८. रेड वाइन, विश्वभर
आठ हजार वर्ष पहिले यूरेसियामा पहिलो पटक अंगुरबाट बनेको रक्सी उत्पादन गरिएको थियो । यो पेय पदार्थ रेड वाइनको रुपमा विश्वभरका युवामाझ अहिले लोकप्रिय छ ।
७. अरेन्ज जुस, अमेरिका
बच्चाहरुमाझ लोकप्रिय सुन्तलाको रस सन् १९१५ ताक ओजे आन्र्सले अमेरिकामा विकास गरेका थिए । यसले गर्मीमा शितलता र ताजा पनको अनुभूति गराउछ ।
६. एयर माटा कुसिङ, मलेसिया
चिसो, मिठो र स्वादिलो केही ट्रपिकल फलहरुको साथ सख्खर मिलाएर बनाइने यो मलेसियन पेय निकै स्वादिलो हुन्छ ।
५. चिया, संसारभर
विभिन्न राष्ट्रहरुमा आ–आफ्नै खालको चिया बनाउने तरिका हुन्छन् । घरमा पाहुना आउँदा प्राय सबैले चिया पिउने आग्रह गर्छन् । साथीभाई भेट हुँदा होस् या अन्य कुनै समयमा चिया पिउने प्रचलन रही आएको छ ।
४.बियर, संसारभर
सन् १६६४ तिर उत्पादन भएको बियर अहिले विश्वव्यापि पेय पदार्थमा परेको छ । यो विश्वकै नम्बर १ अल्कोहलिक पेय पदार्थमा परेको छ ।
३. कफी, इथियोपिया
कफी संसारमै धेरै व्यापार हुने एक पेय हो । लेट, क्यापेचिनो, मोचा र अन्य थुप्रै नामबाट कफीको प्रयोग गरिन्छ । यो बालक, युवा र बृद्धहरुको माझ निकै प्रख्यात छ ।
२. कोकाकोला, अमेरिका
टाउको दुखाइको औषधिको रुपमा एक अमेरिकन फार्मासिस्टले यो उत्पादन गरेका थिए । कोकाकोला विश्वप्रसिद्ध कार्बोनेटेड सफ्ट पेय हो । यो अहिले विश्वभर पानीपछिको प्रमुख पेय पदार्थ बनेको छ ।
१. पानी, विश्वभर
जीवन यापनका लागि नभई नहुने पेय पदार्थ हो पनी । मानिसको जीवनमा पानीको निकै ठूलो महत्व छ । पानीबिना मानिस र अन्य प्राणीको जीवन चल्न असम्भव नै हुन्छ ।