तिजको अवसरमा अखिल क्रान्तिकारीको एकल नृत्य प्रतियोगिता जनप्रियमा सम्पन्न

तिजको अवसरमा अखिल क्रान्तिकारीको एकल नृत्य प्रतियोगिता जनप्रियमा सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ भाद्र २०७४
  • 8.7K
    Shares

भाद्र२ , आश तमु पोखरा/ नेपाली महिलाहरुको विशेष चाड तिजको अवसर पारेर नेकपा निकट अखिल (क्रान्तिकारी) जनप्रियमा माबि ईकाई कमिटीले खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

सुक्रवार बिहान विधालयको सभाहलमा सम्पन्न खुल्ला नृत्य प्रतियोगितामा अमृता कुमाल प्रथम ,सम्झना गुरुङ दोस्रो,भुमिका पुन तेस्रो भएको थियो । प्रतियोगितामा १४ जनाले भाग लिएका थिय।
विजेतालाई प्रमुख अतिथि अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा गण्डक व्युरो प्रमुख प्रकाश विश्वकर्माले नगद, प्रमाण पत्र र खादाले सम्मान गरेका थिय ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले देश बाढी र पहिरोले आक्रान्त बन्दै गएको वेला राज्य नपुस्पक झै भएकोले सचेत विधार्थीहरुले यो राज्यको कार्यभार बोक्नु पर्ने बताए । यो तिजलाई भडि्कलो रुपमा नभैइ तराईका जनता पिडामा रहेको वेला सबैले आ आˆनो क्षेत्रवाट सक्दो रुपमा सहयोग गर्न विश्वकर्माले अपिल गरे ।
कार्यक्रममा बोल्दै २१ जिल्ला सम्मेलन आयोजक समितिका सयोजक मिलन राईले यस्ता कार्यक्रमले विधार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटन गर्ने हुदा ईकाई समितिलाई धन्यवाद दिदै सङगठनको २१ औ जिल्ला सम्मेलन ३० र ३१ गते गर्ने तयारी रहेको भन्दै सवैलाई विधार्थी आन्दोलनको मुल वाहक अखिल क्रान्तिकारीको झन्डा मुनि गोल बन्द हुन आग्रह गरेका छन । कार्यक्रममा बिधालयका प्र अ , इकाई कमिटीमा अध्यक्ष शान्ति श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिय ।

प्रतिक्रिया