१ भदौ, पोखरा / त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको स्थगीत परीक्षाको अर्को तालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालय दिएको जानकारी अनुसार भदौ ४ देखि ९ गतेसम्मका लागि निर्धारित परीक्षा १७ गते वाट सुरु हुने छ। जस अनुसार ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेलाई २४ गते ,६ गतेको परीक्षा२८ गते, ७ गतेको परीक्षा २९ गतेव् र ९ गतेको परीक्षा ३० गतेका लागी तय गरिएको छ।
तर, भदौ ११ गतेदेखिको निर्धारित परीक्षा भने यथासमयमै हुने भएको छ ।
देशमा परेको दैविप्रकोपलाई मध्यनजर गर्दै परीक्षातालिका हेरफेर गरिएको विश्वविद्यालयले जनाएकोछ ।