स्थायी परीक्षामा फेल हुने अस्थायी शिक्षकले पनि गोल्डेनहृयाण्डशेक सुविधा पाउँछ : उपप्रम गोपालमान श्रेष्ठ

स्थायी परीक्षामा फेल हुने अस्थायी शिक्षकले पनि गोल्डेनहृयाण्डशेक सुविधा पाउँछ : उपप्रम गोपालमान श्रेष्ठ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ साउन २०७४
  • 9.4K
    Shares

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नेपालभर रहेका अस्थायी शिक्षकहरुलाई स्थायी हुनका लागि परीषा दिन अन्तिम मौका दिने र सो परीक्षामा पनि अनुत्रीर्ण हुने अस्थायी शिक्षकहरुलाई गोल्डन हृयान्डशेकमार्फत् बिदाई गरिने जानकारी दिएका छन् । नेपाल शिक्षक संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको पदास्थापन कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनले अब नेपालमा अस्थायी शिक्षक राख्ने व्यवस्था सदाका लागि खोरेज गर्न संविधान संशोधन गरिने बताउादै आवश्यक शिक्षकहरु आयोगमार्फत् परीषा लिई स्थायी शिक्षक भर्ना गरिने बताए ।
उनले सुत्केरी बिदा दुई महिना दिइने वयवस्था गरिएकोमा तीन महिना दिनका लागि पहल गर्ने र नियमावली परिवर्तन गर्न सम्बन्धित सबैसाग सल्लाह गर्ने बचन दिए । सिंगापुर, अरबियन मुलुक। अमेरिका र बेलायत जस्ता देशहरु बनाउने नेपालीहरु आफ्नो देश बनाउन नसकिरहेको तीतो यथार्थ प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले अदक्ष र शैक्षिक बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीलाई परिवर्तन गरेर दक्ष कामदार उतपादन गर्ने व्यवसायिक शिक्षा लागू गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
नेपाल शिक्षक संघ कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि लामिछानेले सामुदायिक तथा सरकारी विद्यालयहरुका समस्याहरुका बारेमा कुरा राख्दै दरबन्दी मिलानतर्फ पहल गरिदिन शिक्षामन्त्रीसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया