एउटै अण्डाबाट जन्मिए हाँसको जुम्ल्याहा चल्ला

एउटै अण्डाबाट जन्मिए हाँसको जुम्ल्याहा चल्ला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ साउन २०७४
  • 12.5K
    Shares

चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? अहिलेसम्म सुनिएको थिएन । तर क्यानडामा यो घटना भएको छ ।

क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ ।

क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् ।

जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको छ । ती जुम्ल्याहालाई घरमै पाल्ने निधो पनि अम्बर परिवारले गरेको छ ।

यसअघि सन् २००९ मा बेलायतमा पनि हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केको थियो । बेलायतकी जुम्ल्याहा चल्लाका मालिकले पनि आफुलाई मेसेज गरेको अम्बर बताउँछिन् ।

एजेन्सी

प्रतिक्रिया