माओबादी केन्द्र निकट अखिल  (क्रान्तिकारी)को २१ औँ राष्ट्रिय सम्मेलन भदौ ७ देखि ११ गतेसम्म

माओबादी केन्द्र निकट अखिल  (क्रान्तिकारी)को २१ औँ राष्ट्रिय सम्मेलन भदौ ७ देखि ११ गतेसम्म


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ साउन २०७४
  • 12.1K
    Shares

साउन काठमाडौँ । माओबादी केन्द्र निकट अखिल  (क्रान्तिकारी)को  २१ औँ राष्ट्रिय सम्मेलनल  भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न थालिएको  छ । उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुनेछ । २१ औँ राष्ट्रिय सम्मेलन  लाग्दै गर्दा क्याम्पसहरु र शिक्षा क्षेत्रमा ठुलो छलफलको विषय बन्दै व्यापक तयारी भएको छ ।

क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले यसपटकको सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताएका छन् । उनले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताए । “संविधानले नै मुलुक अब समाजवादतर्फ उन्मुख हुने कुरा गरेको छ”– उनले भने, “त्यहीअनुसार अब हामी सम्मेलनबाट समाजवादी शिक्षा प्रणालीका बारेमा कुरा उठाउछौँ ।” सम्मेलनले २५ पदाधिकारीसहित १९९ जना केन्द्रीय कमिटी चयन गर्नेछ ।

१ अध्यक्ष, ७ उपाध्यक्ष (३ खुला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी १ /१  जना) १  महासचिव, ३ उपमहासचिव (२ खुला र १ महिला) १३ सचिव ( ७ प्रदेशका २ जना महिला र १ /१  जना दलित, जनजाति, मधेशी र विश्वविद्यालयका) र १ कोषाध्यक्ष हुनेछन् । निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने क्रान्तिकारीका एक उपाध्यक्ष गंगा राम तिमिल्सिनाले बताए । उनले भने सहमतिको प्रयास गरिने र सम्भव नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने छ । उनका अनुसार पदाधिकारी हलबाट र केन्द्रीय सदस्य प्रदेशअनुसार निर्वाचित हुनेछन् । खुला केन्द्रीय सदस्यको प्रावधान राखिएको छैन ।

प्रतिक्रिया