पोखरा मेडिकल कलेज पोखराले मंगलवार Peacepokhara.comमा प्रकाशित समाचार प्रति खण्डन गर्दै सञ्चारमाध्यम र पत्रकारलाई चेतावनीपूर्ण विज्ञप्ती जारी गरेको छ।
पोखराको गण्डकी मेडिकल कलेजमा मंगलवार गम्भिर विरामीलाई आफन्तले उपचार खर्चको अभावमा निकालेर घर लैजान लागेपछि उत्पन्न परिस्थितिको तस्विर र भिडियो पोखराको अनलाइन मिडिया peacepokhara.comले समाचार सम्प्रेषण गरे पछी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टुमाया घलेले बिज्ञप्ती जारी गर्दै मंगलवार प्रकाशित समाचारलाई मनोमानी र हचुवाको भरमा लेखिएको भ्रमपूर्ण समाचारको संज्ञा दिएकी छिन् ।
यथार्थ बुझ्ने क्रममा सहकर्मी पत्रकार Peacepokhara.comका सम्पादकले विरामीका आफन्त भुमी बस्यालसँग टेलिफोन सम्पर्क गरी सम्पूर्ण जानकारी सहितको समाचार सम्प्रेषण गरिएको बताएका छन। जुन समाचारमा विरामीका आफन्तले उपचार खर्च जुटाउन नसक्दा स्वयं विरामीलाई घर फर्काउन लागिएको भनिएको सहकर्मी पत्रकारले बताएका छन । अस्पताल प्रशासन र चिकित्सक प्रति लगाइएको आरोपको खण्डन गर्दै यथार्थ जानकारी दिने क्रममा आफन्तलेनै विरामीलाई अस्पतालबाट गाडीमा राखेर वाहिर निकाल्न लागेको जानकारी पाठकमाझ गराइयो । सत्य कुरा पनि त्यहि थियो Peacepokhara.comका सम्पादकले भने।
मंगलवारको कुराकानीमा विरामीका आफन्त देवर नाता पर्ने भुमी बस्यालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर ६ की ५५ बर्षीय मिठ्ठु नेपालीलाई आईतवार उपचारको लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएकोमा खर्च अभावले निकाल्न खोजिएको बताएका थिए । अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेकी उनको मंगलवार विहान सम्म अबस्था निकै नाजुक भएपछि आफन्तले चिकित्सकको सल्लाह लिएर छोरी बस्ने स्थान लेखनाथ लैजान लागेको भनिएको थियो ।
https://youtu.be/ZBMHKXccboM
पत्रकारिताको नैतिक जवाफदेहिता समेत ख्याल नगरी, बिरामीका आफन्तजन, उपचारमा संलग्न चिकित्सकहरु तथा अस्पताल प्रशासनसँग कुनै जानकारी नलिई आफ्नो मनोमानी र हचुवाको भरमा भ्रमपूर्ण समचारसम्प्रेषण गर्ने सम्बन्धित अनलाईन तथा सामाजिक संजाल संचालकहरु लाई यस्ता गल्ती अबका दिनमा नगर्न, नदोहोर्याउन हुन सबैको ध्यानाकर्षण गराउन चाहन्छौं’–विज्ञप्तिमा भनिएको छ ।
विरामीको २० प्रतिशत बाच्चे संभावना हुदा हुदैपनि खर्च नभए घर लैजान सल्लाह दिने गैरजिम्मेवार अस्पतालका चिकित्सकको बचाउ गर्दै घलेले उल्टै सञ्चारसंस्था र पत्रकारलाई धम्कीपूर्ण शब्द प्रयोग गरी विज्ञप्ती जारी गरेकी हुन् ।
पिसपोखरामा समाचार प्रकाशित भएपछि अस्पतालमा उनलाई सहयोग गर्ने बचन दिन अन्य मानिसहरुपनि पुगेका थिए । बाच्ने आश मारेर चिकित्सकको सल्लाह अनुसार घर लैजान लागिएको नेपालीको अहिले स्वास्थ्यमा सुधार हुदै गएको छ । अस्पतालमा उपस्थित अन्य ब्यक्तिले नरोकेको भए मिठ्ठुको स्वास्थ्यमा यसरी सुधार आउने थिएन । प्रकाशित समाचार र आफन्तको दवावपछि अस्पताल प्रशासन पनि उनको उपचारमा सघाउने आश्वासन दिन बाध्य भएको छ ।
समाचार तयार Peacepokhara.comका सम्पादकको सहयोगमा
तस्बिर युनिस गुरुङ
