रौतहट, १८ कातिक २०८३ ।
रौतहटमा गएराती गोली प्रहारबाटहुँदा एक जना गम्भीर घाइते भएका छन्।
गएराती सवा ९ बजे जिल्लाको गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्याङ्की नजिक गोली प्रहार हुँदा स्थानीय अन्दाजी २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएका हुन् ।
पेस्तोलबाट प्रहार भएको गोलीका छर्रा लाग्दा उनको दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते यादवको ढाडमा तीन वटा, दाहिने पाखुरामा एक वटा र दुवै खुट्टामा दुई वटा गरी जम्मा ६ वटा छर्रा लागेको छ । घटनास्थलबाट ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका बरामद भएको छ ।
घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको जनाएको छ ।