रास्वपाभित्र चर्कियो शक्ति संघर्ष : न्यायाधीशमाथि महाभियोग र आईजीपी हटाउने विषयमा बालेन-रवि मतभेद

रास्वपाभित्र चर्कियो शक्ति संघर्ष : न्यायाधीशमाथि महाभियोग र आईजीपी हटाउने विषयमा बालेन-रवि मतभेद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 1.4K
    Shares

काठमाडौं, १६ कार्तिक २०८३।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक शक्ति संघर्ष थप जटिल बन्दै गएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि महाभियोग लगाउने तयारी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने विषयलाई लिएर पार्टीभित्र आन्तरिक शक्ति संघर्ष थप जटिल बन्दै गएको हो ।

समाचारस्रोतहरुका अनुसार , न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच फरक मत छ। प्रधानमन्त्री शाह प्रधानन्यायाधीश समेतलाई महाभियोग मार्फत हटाउनुपर्ने पक्षमा छन् भने सभापति लामिछाने प्रधानन्यायाधीशलाई अहिले नचलाउने तर अन्य ६ जना न्यायाधीशमाथि महाभियोग प्रस्ताव अघि बढाउन तयार छन्।

त्यस्तै आईजीपी कार्कीलाई पदबाट हटाउने विषयले विवादलाई अझ पेचिलो बनाएको छ। प्रधानमन्त्रीनिकट समूह आईजीपी कार्कीलाई हटाउने पक्षमा उभिएको छ भने सभापति लामिछाने त्यसको विपक्षमा रहेको रास्वपा निकट स्रोतले जनाएको छ।

यही विवादका बीच पछिल्लो पत्रकार पक्राउ प्रकरणले पनि पार्टीभित्रको असन्तुष्टिलाई सतहमा ल्याएको छ। पार्टी सचिवालय बैठकमा समेत सरकारको कार्यशैली, गृह प्रशासनको भूमिका र प्रहरी परिचालनको विषयमा प्रश्न उठेको बताइएको छ।

न्यायाधीशमाथि महाभियोग र आईजीपी बर्खास्तीको विषयले रास्वपाभित्रको आन्तरिक किचलो वारपारको अवस्थामा पुगेको नेताहरुको बुझाइ छ। प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच बढ्दो मतभेदबीच अब निकास के हुन्छ भन्ने प्रश्न पेचिलो बनेको छ – प्रधानमन्त्री बालेन्द्र शाहलाई हटाउने बाटोमा जाने हो वा आईजीपी कार्कीलाई बर्खास्त गर्ने निर्णयमा पुग्ने हो।

यही विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक समेत बस्दैछ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , नेपाली राजनितिक वृत्तमा उथलपुथलको संकेत देखिइरहेको बेला भारतिय विदेश सचिव विक्रम मिस्री सहितको उच्च कूटनीतिक अधिकारीहरू कार्तिक १८ गते भारतीय विदेश सचिव नेपाल आउने भएका छन्।

को नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार