जनयुद्धमा टाउकाको मूल्य तोकिएका प्रचण्डकै प्रस्तावमा देउवा फेरि सिंहदरवार प्रवेश गर्दै

जनयुद्धमा टाउकाको मूल्य तोकिएका प्रचण्डकै प्रस्तावमा देउवा फेरि सिंहदरवार प्रवेश गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०७४
  • 12K
    Shares

काठमाडौं । राजनीतिमा नसोचेका घटना- परिघटना घट्छन्, दुश्मन-विरोधी स्थायी हुँदैनन्, राजनीति घटना फिल्मी शैलीमा विकास हुन्छन् भन्ने कुरा नेपाली राजनीतिमा विकास भएको पछिल्लो घटनाक्रमले एक पटक फेरि पुष्टि गरेका छ ।

अाजभन्दा ठिक १५ वर्ष पहिले नेपालीका काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई ध्रुबमा थिए । तत्कालिन सत्ताको बागडोर देउवाले समालेका थिए भने माओवादी जनयुद्धको नेतृत्व प्रचण्डले । एकले अर्कालाई भौतिक रुपमै सिध्याउन चाहन्थे । दुबै नेताले सत्ता र सेनाको नेतृत्व गरेका थिए । देउवाले पुरानो सत्ताको र प्रचण्डले जनसत्ताको । देउवा र प्रचण्ड दुबैको अादेश पालन गर्ने सुरक्षाफौज पनि थियो ।

माओवादी र सरकारबीच भएको वार्ता २०५८ मंसिरमा भंग भएपछि देउवा सरकाले माओवादीलाई अातंककारी घोषणा गर्‍यो । आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश) मार्फत माओवादीलाई सिध्याउन देउवाले निकै प्रयास गरे । तर, यतिले नपुगेपछि २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्य तोके ।

देउवाले प्रचण्ड-बाबुरामसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोके । माओवादी नेताको टाउको ल्याउनेलाई झोला ल्याएर भरि पैसा लिएर जान अाम अाह्वान गरे । उद्पी उक्त कर्मले देउवालाई वर्षसम्म सिंहदरवार र बालुवाटारको ढोका बन्द गर्‍यो ।

त्यसैको बदला लिन मा‌ओवादीले देउवा प्रधानमन्त्रीबाट हटेपनि दुई पटक मार्ने प्रयास गरेको थियो । देउवा सवार गाडीलाई लक्षित गरेर कैलाली र डोटीमा तत्कालिन जनमुक्ति सेनाले एम्बुस गरेको थियो तर देउवालाई केही भएन ।

अाज टाउकाको मूल्य तोक्ने र तोकि माग्ने, हत्या गर्ने उद्देश्यले एम्बुस गर्ने एक ठाउँमा उभिएका छन् । टाउकाको मूल्य ५० लाख तोकि पाएका प्रचण्डकै प्रस्तावमा देउवा फेरि सिंहदरवार प्रवेश गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार