धूमकेतु (लामपुछ्रे तारा) ग्रह पृथ्वीसँग अहिलेसम्मकै नजिक आउने

धूमकेतु (लामपुछ्रे तारा) ग्रह पृथ्वीसँग अहिलेसम्मकै नजिक आउने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०७४
  • 31.7K
    Shares

काठमाण्डौं । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु (लामपुछ्रे तारा)पृथ्वीसँग पहिलो र अन्तिम पटक आज अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वी लगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

यस दुर्लभ खगोलीय घटनालाई नजिकबाट हेर्न चाहनेका लागि नासोले आज साँझ अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा निःशुल्क अवलोकनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया