इंग्ल्याण्ड आठ वर्षपछि फेरि फिफा विश्वकपको सेमी फ़ाइनलमा : नर्वे दुई – एक गोल अन्तरले पराजित

इंग्ल्याण्ड आठ वर्षपछि फेरि फिफा विश्वकपको सेमी फ़ाइनलमा : नर्वे दुई – एक गोल अन्तरले पराजित


  • एजेन्सीहरु
  • आइतबार, २८ असार २०८३
  • 1.4K
    Shares

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ गोलको अन्तरले पराजित गर्दै इंग्ल्यान्डले आठ वर्षपछि फिफा विश्वकपको सेमिफाइनमा प्रवेश गरेको हो ।

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जेड बेलिंघमले बराबरी गोल फर्काए ।

दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

प्रतिक्रिया