बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश

बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 1.7K
    Shares

पोखरा, २७ असार २०८३ ।

फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलमा दुवै टोलीले पहिलो हाफमा एकएक गोलको बराबरी खेलेका थिए। एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको थियो।

खेलको ३०औँ  मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। बेल्जियमका चाल्र्स डे केटलेरले ४१औँ मिनेटमा बराबरी गोल फर्काए। उनले टिमोथी कास्टाग्नेको असिस्टमा हेडरमार्फत आकर्षक गोल गरे। खेलको ८८ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले जितका लागि निर्णायक गोल गरे। 

प्रतिक्रिया