जापानमा नेपाली महिला मृत भेटिइन् : हत्याको आशंका

जापानमा नेपाली महिला मृत भेटिइन् : हत्याको आशंका


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, ८ असार २०८३
  • 1.6K
    Shares

a nepali woman found dead in japan

पोखरा, ८ असार २०८३। 

जापानको साइतामा प्रान्तस्थित कोनोसु सहरमा एक ३६ वर्षीया नेपाली महिला मृत अवस्थामा फेला परेकी छिन्। जुन २१ तारिख बिहान करिब ७:१५ बजेतिर एउटा तीन तले अपार्टमेन्टको तेस्रो तल्लाको बाटोमा उनी टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकी थिइन्।

कोनोसु प्रहरीले उनलाई फेला पारेपछि अस्पताल लगेको र त्यहाँ उनको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलको प्रकृति हेर्दा प्रहरीले यसलाई हत्याको घटना हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ।

यसै क्रममा प्रहरीले मृतक महिलाका श्रीमान् भनिएका एक पुरुषसँग सोधपुछ गरिरहेको छ, साइतामा सिन्बुनमा प्रकाशित खबरमा उल्लेख छ ।

प्रतिक्रिया