रास्वपाको महाधिबेशनस्थलको स्वागत गेट होचो हुँदा १० जना यातायात मजदुरको सडकमै बास

रास्वपाको महाधिबेशनस्थलको स्वागत गेट होचो हुँदा १० जना यातायात मजदुरको सडकमै बास


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ७ असार २०८३
  • 1.5K
    Shares

काठमाडौँ, ७ असार २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिबेशनस्थलको स्वागत गेट होचो हुँदा १० जना यातायात मजदुरको सडकमै बास भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेट होचो हुँदा १० जना यातायात मजदुरको सडकमै बास भएको हो ।

उक्त स्वागत गेट होचो हुँदा भारतबाट सामान लोड गरी चितवनको कुरिनटारस्थित बाह्रसिंगे बियर फ्याक्ट्रीतर्फ आउंदै गरेका पाँचवटा ठूला मालबाहक गाडीहरू त्यहीं अलपत्र परेका छन् ।

स्वागत गेटको उचाइ कम भएका कारण स्वागतगेटबाट ती सवारी साधनहरु छिर्न नसक्दा ती सवारी साधनमा कार्यरत कम्तीमा १० जना यातायात मजदुरहरु महाधिबेशन नसकिएसम्म त्यही रोकिनुपर्ने बाध्यता देखिएको छ। त्यसो त् महाधिबेशन आयोजक पक्षले ती सवारी साधनहरुलाई सहज तरीकाले निर्धारित गन्तव्यसम्म पुग्ने प्रबन्धका लागि कोशिश गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया